हेटौंडा, साउन १५ । मकवानपुरमा सडकमा रोकी राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा सवार दुवै जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको प्रहरीले जनाएको छ । उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्