धनगढी, १८ साउन । कैलालीमा नुहाउनेक्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको चुरे गाउँपालिका–४ बालुवागाडाका रामबहादुर तारामी मगरकि १६ वर्षीया छोरी सर्मिला तारामी मगरको खोलाले बगाउँदा मृत्यु भएको हो ।
घरदेखि केहि टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो । उनको शव नुहाउँन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा बिहिवार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्