जनता टाइम्स

१९ श्रावण २०८०, शुक्रबार १४:३३

भारतीय गायक जावेद अली काठमाडौंमा


काठमाडौं, १९ साउन । सांगीतिक कार्यक्रममा सहभागी हुन भारतीय गायक जावेद अली काठमाडौंमा आउनुभएको छ । आज काठमाडौं आइपुग्नुभएको उहाँले सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनुहुनेछ ।

लाइभ इन नेपाललाई लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको हो । बजरंगी भाइजान, गजनी, गुजारिशजस्ता चर्चित फिल्ममा स्वर दिएका गायक अलीले ५०० बढी गीत गाइसक्नुभएको छ ।