जनता टाइम्स

२३ श्रावण २०८०, मंगलवार १५:४२

सभामुख–प्रमुख सचेतक बैठकले गर्यो सदन खुलाउने सहमति


काठमाडौं, साउन २३ । दलहरुबीच अवरुद्ध सदन खुलाउने सहमति भएको छ । प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरे सबै दलका प्रमुख सचेतकहरूसँग गर्नुभएको छलफलमा सदन खुलाउने सहमति भएको छ ।

सभामुखका प्रेस संयोजक शेखर अधिकारीले दिनुभएको जानकारीअनुसार बैठकमा सदन नियमित अगाडि बढाउने र दलीय आधारमा एक एक जनाले आकस्मिक समय प्रयोग गर्ने सहमति भएको छ ।

सबै दलका नेताहरुले आफ्नो धारणा राखेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने सहमति पनि भएको छ। बालुवाटारमा भएको सभामुखसहित तीन दलका शीर्ष नेताहरूको बैठकमा गृहमन्त्रीको जवाफ दिनका लागि आज सदन खुलाउने सहमति भएको थियो ।