दोलखा, २३ साउन । बसको ठक्करबाट दोलखामा मोटरसाइकल चालकको ज्यान गएको छ । भीमेश्वर नगरपालिका–३ का २३ वर्षीय विश्वराज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । आज दिउँसो साँढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३–०२–०१३ प ३५८६ नम्बरको मोटरसाइकल १६ किलोमा ठोक्किएका थिए ।
दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते उहाँलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि बीएन्डबी अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । घटनालगत्तै मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्