काठमाडौं, साउन २३ । सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि एमालेले संसद अवरुद्ध गरेको छ। गृहमन्त्रीले जवाफ दिएलगत्तै एमाले सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेन आफूहरूको आन्दोलन जारी रहेको बताउनु भयो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदलाई ढाँटेको भन्दै एमाले सांसद महेश बर्तौलाले गृहमन्त्री र अर्थमन्त्रीको समेत सुन तस्करी प्रकरणमा संलग्नता हुनसक्ने आशंका व्यक्त गर्नुभयो । सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको पनि संलग्नता रहेको आशंका हाम्रो छ। छानबिन गरियोस,’ उहाँले भन्नुभयो ।
एमालेले संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक बुधवारसम्मका लागि स्थगित गर्नुभएको छ । अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।













प्रतिक्रिया दिनुहोस्