जनता टाइम्स

२४ श्रावण २०८०, बुधबार १९:५२

कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ


धनगढी, २४ साउन । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट लागुऔषधसहति दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–८ का २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूको साथबाट ६५० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।