जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार १२:४०

अनावश्यक औषधी दिदाँ कैलालीमा गर्भपतन गराउन आएकी महिलाको मृत्यु


कैलाली, २६ साउन । गर्भपतन गराउन आएकी एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकमा गर्भपतन गराउन पुग्नुभएको महिलाको अनावश्यक औषधी सेवनवाट मृत्यु भएको हो । धनगढीस्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन पुग्नुभएको धनगढी–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । उहाँका आफन्तजनले अनावश्यक औषधी दिएपछि उहाँको सोही औषधीका कारण मृत्यु हुन पुगेको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार बिहान गर्भपतन गर्न जानुभएको उक्त महिलालाई क्लिनिकका स्वास्थ्यकर्मीले सेवनका लागि औषधि दिएको थियो । औषधि सेवन गरेपछि अचानक उच्च रक्तस्राव भएको र पछि तुरुन्तै महिलालाई सेती अस्पताल लगिएको थियो । प्रहरीका अनुसार केही समयपछि नै उहाँको उपचारकै क्रममा मृत्यु हुन पुगेको हो । ती महिलाको मृत्यु भएपछि क्लिनिक सञ्चालक विनोद जोशी र पत्नी आशिका ओझा फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।