बारा, २६ साउन । बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमाहनगरपालिका–१६, टांगिया वस्तीमा घरायासी विवाद हुँदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो ।
आज दिउँसो करिब १२ः४५ बजेतिर छोराले रिसको आबेगमा ९० वर्षीय माइत सिंह घलानको हत्या भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि घटनाको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी टोलीले अनुसन्धान थालेको छ । घटनामा संलग्न ६० वर्षीय छोरा दिलबहादुर घलानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्