काठमाडौं, ३० साउन । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाउनुभएको छ । अभिनेता अक्षयले आफूले भारतीय नागरिकता पाएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ ।
आफ्नो आधिकारी ट्वीटर ह्यान्डलमार्फत् उहाँले भारतीय नागरिकता पाएसँगै मन र नागरिकता दुवै हिन्दुस्तानी भएको बताउनुभएको छ ।
‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना,’ उहाँले ट्वीटरमा लेख्नुभएको छ । भारतीय नागरिकता लिनुअघि उहाँ क्यानडाको नागरिक हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्