जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १७:०५

भोलि तोकिएको एमबिबिएस इन्ट्रान्स परीक्षा रोक्न सर्वोच्चको आदेश


काठमाडौं, भदौ २० । सर्वोच्च अदालतले भोलि शनिबारका लागि तोकिएको त्रिभुवन विश्वविद्यालयअन्तर्गतका चिकित्सा शिक्षण संस्थानको ‘एमबिबिएस’ तहको परीक्षा रोक्न अन्तरीम आदेश दिएको छ । सर्वाेच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले आज सो आदेश दिएको हो ।

आयुष ओझासमेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध दिएको उत्प्रेषणको रिटमा सुनवाई गर्दै सर्वाेच्च अदालतले परीक्षा रोक्न अन्तरीम आदेश दिएको हो । सर्वाेच्चले दुवै पक्षलाई राखी छलफल गर्नु पर्ने भएकाले प्रत्यर्थीलाई २५ भदौमा छलफलका लागि सूचना जारी गर्ने आदेश दिएको छ ।