जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १७:१२

बाणिज्य बिभागका नासुले एक हजार रुपैयाँ लोभ गर्दा…


काठमाडौं, भदौ २० । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका नायव सुब्बा (नासु) पुरुषोत्तम पोखरेल घूस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग एक हजार घूस लिँदै गरेको अवस्थामा नासु पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो। नासु पोखरेल फाराम शाखामा कार्यरत थिए । उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।