चितवन, साउन ३१ । चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा आज त्रासदीपूर्ण सवारी दुर्घटना भएको छ ।
महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, बलोरो, मोटरसाइकल र स्कुटर एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै रहेका छन । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट १९ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार भरतपुर ९ मा पर्ने टिकौली जङ्गलमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आँदै गरेको ना. २ च ८४४६ नम्बरकोको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो ।
त्यसपछि बा. प्र.०६–००१ प ९९८१, बा.प्र.०३–००५प ९७, ना६२ प ६०३२, बा.प्र.०३–००१, प ४१४७ मो.सा.हरु , बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नं.को स्कुटर सहित ८ वा सवारी साधन एकआपसमा ठोक्किएका हुन् । घाइतेहरूलाई भरतपुर अस्पताल, मेडिकल कलेज लगायत विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ ।
भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको घाइतेहरूमा चितवन खैरहनी न.पा– ४ बस्ने वर्ष अं.६०/६५ को कृष्णबहादुर तामाङ, हेटौडा १४ बस्ने वर्ष अं.६०/६५ को महोन तामाङ, खैरहनी न.पा.१ बस्ने वर्ष अं.८२ को जित बहादुर तामाङ, रत्ननगर१४ बस्ने वर्ष अं.५०/५५ को कुसुम बहादुर राना, सोही ठाउँका वर्ष ३८ को सुरेश श्रेष्ठ, रत्ननगर ९ का वर्ष अं.३०/३५ को किशोर तामाङ र रत्ननगर १४ का वर्ष अं.५०/५५ को डोलबहादुर कार्की रहनुभएको छ । उहाँहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी रत्ननगर १४ बस्ने वर्ष ४१ को पुर लामा, सोही ठाउँका मध्यम ५५ वर्षका बुद्रिराम तामाङ, रत्ननगर १६ का वर्ष ४४ को रेशम पोख्रेल, काठमाण्डौ गोकर्ण ४ बस्ने वर्ष ४८ की तारा श्रेष्ठ र रत्ननगर १६ घर भएका वर्ष ४७ को दिल बहादुर घिसिङको मध्यम अवस्थाका घाइते हुनुभएको छ । उहाँहरूको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार एक जना घाइतेको मध्यम चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । त्यहाँ उपचार हुनेमा बलेरो गाडीमा सवार नवलपुर गैडाकोट ८ बस्ने वर्ष ५१ को लोकराज लामा हुनुहुन्छ ।
यसैगरि ७ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । जसमा बा.प्र.०३–००६ प ९९८१ नम्बरको मोटरसाइकल चालक जि.चितवन र.न.पा.१४ बस्ने वर्ष ३३ को शंकर परियार , सोही मोटरसाइकल पछाडी सवार वर्ष ३६ को दिबेश शाक्य हुनुहुन्छ ।
त्यसैगरी शव बोकेको बलेरो गाडीमा सवार रत्ननगर १४ बस्ने वर्ष ५० को आईतराम कामी, रत्ननगर ३ बस्ने वर्ष ४४ को गोपाल तामाङ, रत्ननगर १४ का वर्ष २६ कका पुष्प तामाङ, सोही ठाउँका वर्ष ३८ का कृष्ण लामा र रत्ननगर ३ का ने वर्ष ४५ को जीवन लामा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्