काठमाडौं, २ भदौ । जलश्रोत तथा उर्जा मन्त्री शक्तिबहादुर बस्नेतले देशमा व्यवस्था बद्लिए पनि अवस्था भने अपेक्षा अनुरुप बद्लिन नसकेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्ने तर आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गर्ने प्रवृतिले अवस्था बदल्न अपेक्षा अनुरुप बद्लिन नसकेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘राजनीति परिवर्तन र व्यवस्थाको लागिजनतालाई केन्द्रमा राख्छौं र आधारभूत पक्ष बनाउँछौं जनता ईतिहासका निर्माता हुन् । जनताको सक्रियता र सहभागिता बिना राजनीति परिवर्तन हुँदैन । आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गर्छौ। व्यवस्था बद्ल्छौं तर अवस्था बदल्न अपेक्षा अनुरुप सक्दैनौ ।’ मन्त्री बस्नेतले जनताले आर्थिक सामाजिक क्षेत्रमा सहभागी हुन पाउने वातावरण निर्माण गर्न सहकारीको भूमिका र महत्वलाई अझ गम्भीरताका साथ सरकारले लिने प्रतिवद्धता जनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्