जनता टाइम्स

३ भाद्र २०८०, आईतवार १८:०९

कैलालीमा छुट्टाछुट्टै घटना, दुई जनाको मृत्यु


धनगढी, ३ साउन । कैलालीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुई जनाको मृत्यु हो । धनगढी उपमहानगरपालिका–१२ सी गाँउका ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको शौचालयमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, कैलारी गाउँपालिका–९ बनकनरीका ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ । शनिवार पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।