जनता टाइम्स

४ भाद्र २०८०, सोमबार १५:५५

कोशी प्रदेशसभा बैठक सरु, मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै


विराटनगर, ४ भदौ ।  कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । कांग्रेस सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गर्नुभएको छ ।

अध्यक्षता ग्रहण गरेका मन्सुरीले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्ने प्रस्ताव पेस गर्न समय दिनुभएको छ । अहिले मुख्यमन्त्री थापाले विश्वासको मत माग्दै आफ्नो धारणा राखिरहनुभएको छ ।