जनता टाइम्स

६ भाद्र २०८०, बुधबार १३:०३

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


सिन्धुली, ६ भदौ । दुधौली नगरपालिका–१० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवाल समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।