जनता टाइम्स

६ भाद्र २०८०, बुधबार १९:२५

बाजुरामा खोलाले बगाएर एक जना बेपत्ता


बाजुरा, ६ भदौ । बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । बुढीनन्दा नगरपालिका–४ घोडाकोट ताडी खोलामा काठेपुल भत्किँदा आज दिउँसो एक जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठारुखका लली ल्वारका २६ वर्षीय छोरा गंग ल्वार रहेका छन् ।

ल्वारसँगै खोलामा बगेको भैँसीको भने सकुसल उद्धार गरिएको छ ।

ल्वार र भैँसीको पाडो भने अहिलेसम्म नभेटिएको बुढीनन्दा नगरपालिका–३ का वडाअध्यक्ष जंगवीर रोकायाले बताउनुभयो । ताडीबाट घोडाकोट आउने क्रममा घोडाकोटताडी खोलामा रहेको काठेपुल भत्किदा बेपत्ता भएका ल्वारको इलाका प्रहरी कार्यालय कोल्टीको टोली र स्थानीयले खोजी गरिरहेका छन् ।