काठमाडौं, ९ भदौं । अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ । अभिनेता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो । नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उहाँको निधन भएको पत्रकार प्रदिप कार्कीले जानकारी दिनुभयो ।
७५ बर्षिया ताम्राकार मृगौलामा समस्याबाट पीडित हुनुहुन्थ्यो । शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौं नेपाली फिल्ममा अभिनय गर्नुभएको थियो ।
उहाँको निधनसँगै पुत्र बियोगमा रहेको बेला अस्पताल भर्ना हुनुभएको ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उहाँको छोरा तथा सारुक ताम्राकारले आत्महत्या गरेका थिए । उहाँको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्