जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १२:२७

पर्यटनमन्त्री भट्टराईको सचिवालयमा अटाए पूर्वएमाले र पूर्वमाओवादी नेता


काठमाडौं, भदौ २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सचिवालय बनाउँदासमेत पार्टी एकतालाई व्यवहारमा उतार्नुभएको छ ।

मन्त्री भट्टराईले आफ्नो सचिवालयमा सांसद हुँदा रहेका स्वकीय सचिवसहित तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ताप्लेजुङ काठमाडौ. सम्पर्क मञ्चका अध्यक्षहरुलाई आफ्नो सचिवालयमा राखेर एकतालाई ब्यवहारमा उतार्नुभएको हो । मन्त्री भट्टराईले पूमुख स्वकीय सचिवमा प्रेम गुरागाईँलाई राख्नुभएको छ ।

प्रेस संगठन नेपालको केन्द्रीय सदस्यसमेत रहेका गुरागाई भट्टराईका सुरुदेखिका स्वकीय सचिव हुनुहुन्छ । त्यस्तै, पूर्वएमालेका सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेन र पूर्वमाओवादीका सम्पर्क मञ्चका अध्यक्ष निङ्मा डण्डु लामा सचिवालयमा राख्नुभएको छ ।