जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १२:३७

बृक्षारोपन गरी सिरहामा मनाइयो निजामती सेवा दिवस


शुभ नारायण कामती/सिरहा । सिरहामा बिभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाइउको छ । दिवसको अवसरमा सिरहा सदरमुकाम स्थित सूर्य नारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्यापसको फिल्डमा वृक्षारोपन गरी निजामती सेबा दिवस मनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयय सिरहाको आयोजनामा वृक्षारोपण कार्यक्रम गरेका छन् । सो अवसरमा उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डल, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, डिभिजनल वन अधिकृत सुभाष चन्द्र दास, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, कोष तथा लेखा नियन्त्र कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरी, भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख राम बाबु मण्डल लगायत निजामती कर्मचारीसँगै, सुरक्षाकर्मी, विभिन्न राजनीति दलका प्रतिनिधी, स्थानीयवासी, संचारकर्मी लगायतको उल्लेखनीय सहभागितामा वृक्षारोपण गरेका छन् ।