जनता टाइम्स

१३ भाद्र २०८०, बुधबार १६:३२

पाकिस्तान भर्सेस नेपाल : ११ ओभर सकिँदा पाकिस्तानले जोड्यो ४९ रन


काठमाडौं, १३ भदौ । एसिया कपअन्तर्गत पाकिस्तान र नेपालबीचको खेल भइरहेको छ । पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा घरेलु टोलीले ब्याटिङ गरिरहेको छ भने नेपालले बलिङ छ । ११ ओभर सकिँदा पाकिस्तानले २ विकेटको क्षतिमा ४९ रन जोडेको छ ।

छैटौ र सातौँ ओभरमा नेपालले एक–एक विकेट लिएको छ । सातौँ ओभरको पहिलो बलमा पाकिस्तानका इमाम उल हक रन आउट भए भने छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे ।