जनता टाइम्स

१३ भाद्र २०८०, बुधबार १६:३८

पोलिक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ


कञ्चनपुर, १३ भदौ । पुनर्वास नगरपालिका३ स्थित बीएन पोलीक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा पोलिक्लिनिकका संचालक बर्दिया, बारबर्दिया नगरपालिका–२ घर भएका ३२ वर्षीय सागर केसी समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ८ सय ३५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।