जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १३:३८

हाम्रो एनआरएन र राम्रो एनआरएनए बनाउनु नै मेरो एजेण्डा हो : कुल आचार्य


बेलायत, भदौ २२ । गैर आवासिय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी निर्वाचनमा अध्यक्षका उम्मेद्वार कुल आचार्यले एनआरएनएलाई राम्रो र हाम्रो बनाउने नै आफ्नो मुख्य एजेण्डा रहेको प्रष्ट पार्नुभएको छ । एनआरएनए युकेको अधिवेशनलाई सम्बोधन गर्दै आचार्यले आगामी निर्वाचनमा आफू अध्यक्षमा उम्मेद्वारी दिने अन्तिम निर्णय भइसकेको घोषणा गर्दै सो एजेण्डा राख्नुभएको हो ।

‘हाम्रो एनआरएन र राम्रो एनआरएनए बनाउनु नै मेरो एजेण्डा हो, यो काममा दृढताका साथ लाग्नेछु, तपाईहरु सवैको साथ र सहयोगबाट एनआरएनएको नेतृत्व लिन तयार भएको छु, अव मुल्यांकण गर्ने जिम्मा तपाइहरुलाई नै छाडेको छु,’ आचार्यले अध्यक्षमा उम्मेदवारी दिने निर्णय भइसकेको प्रष्ट पार्दै अधिवेशनमा भन्नुभयो ।

उहाँले आगामी निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी कुमार पन्तसँग मित्रवत ढंगले चुनावमा प्रतिस्पर्धा गर्ने सहमति भएको खुलासा पनि गर्नुभयो । ‘कुमारजी र मेरोबीच सहमति भएको छ, हाँसीखुसीले चुनाव लडौं, जित्नेलाई सहयोग गरौं, हार्नेलाई सम्मान गरौं । हामीबीच भएको सहमति यही हो,’ आचार्यले भन्नुभयो, ‘१२ बर्षसम्म मैले राम्रो गर्न सकेको छैन भने तपाईहरुले गाली गर्न सक्नुहुन्छ । निष्ठापुर्वक काम गरेको छु भने तपाईहरु नै मुल्यांकण गर्नाेस । हामी हाँसीहाँसी जाँदैछौ चुनावमा ।’

आफ्नो सम्बोधनको क्रममा आचार्यले गैर आवासिय नेपाली नागरिकता र अधिकारको बिषयमा सवै सचेत हुनुपर्ने र कानून निर्माण गर्ने नेपालका बिधायकहरुसँग नियमित अन्तरक्रिया हुनुपर्ने आवश्यकता औल्याउनु भयो । ‘संबिधानले गैर आवासीय नेपाली नागरिकताको ब्यवस्था गरेपनि तीन ओटा अधिवेशन भइसक्यो, अझै कानून बनिसकेको छैन । गैर आवासिय नेपाली नागरिकताको कानून बन्दै गर्दा हामी सतर्क भएनौं भने उपलब्धी प्राप्त हुन सक्दैन । नेपालमा कानूनहरु बन्दै गरेका छन, हामी सतर्क हुनुपर्छ,’ आचार्यको भनाई थियो ।

उहाँले बिश्वभरका बैंकमा राखिएको निब्याजी पैसालाई नेपालमा लगानी गर्ने बातावरण निर्माणका लागि सवैले भुमिका खेल्नुपर्ने प्रस्ताव पनि राख्नुभयो । ‘अमेरिका बेलायतदेखि बिश्वभरका बैंकहरुमा हामीले राखेको निब्र्याजी पैसा नेपालको बिकाश र समृद्धिमा प्रयोग गर्न सक्छौं, ब्यांकमा निब्र्याजी बसेको पैसा नेपालमा लैजानका लागि हामीले पहल गर्नुपर्छ,’ आचार्यले भन्नुभयो । उहाँले एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले अघि बढाएको योजनालाई समेटनुपर्ने धारणा पनि राख्नुभयो । आचार्यले आफूले गरेको कामलाई मुल्यांकण गरी निर्वाचनमा निर्णय लिन पनि सुझाउनु भयो ।

कुमारजी र मेरोबीच सहमति भएको छ, हाँसीखुसीले चुनाव लडौं, जित्नेलाई सहयोग गरौं, हार्नेलाई सम्मान गरौं । हामीबीच भएको सहमति यही हो

‘मैले के गरे, के करिन, मुल्यांकन गर्न काम मेरो होइन, १२ बर्षसम्म कमिटीमा बसर काम गर्दा आत्मलाई धोका दिने वा नराम्रो गर्ने काम गरिन । तपार्यहरु सिकाउनास, म सिक्छु र केही गर्छ । म सिकेर केही गर्ने प्रयाश गरिरहेको छु,’ अध्यक्षमा उम्मेद्वारी घोषणा अन्तिम निर्णय भएको बताउँदै आचार्यको भनाई थियो ।