धनगढी, १४ भदौ । कञ्चनपुरको महेन्द्रनगर वडा प्रहरी कार्यालयको भेन्टिलेसन तोडेर भागेका एक थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ । बुधबार राति थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायकलाई प्रहरीले भीमदत्त नगरपालिकाको भाँसीबाट बिहीवार बिहान पक्राउ गरेको हो ।
कञ्चनपुर प्रहरीका अनुसार बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भई १९ साउनदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा थिए । थुनुवा हिरासत कक्षको बाथरुमको भेन्टिलेसन तोडेर भागेका बडायकलाई खोज्न ३० जना प्रहरी परिचालन गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्