जनता टाइम्स

१६ भाद्र २०८०, शनिबार १५:५४

‘टाइगर ३’ को फस्ट लुक पोस्टर सार्वजनिक, सलमान–कट्रिना ड्यासिङ अवतारमा


मुम्बई, १६ भदौं । सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । फ्यानहरूलाई ठूलो ट्रीट दिँदै निर्माण पक्षले शनिबार फिल्म ‘टाइगर ३’ को पहिलो पोस्टर सार्वजनिक गरेको छ । योसँगै फिल्मको रिलिज मिति पनि पक्का भएको छ । सलमान खानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा टाइगर–३ को फर्स्ट लुक पोस्टर रिलिज गरेका छन् र फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन् ।

सलमान खानले ट्वीट गरेका छन्, ‘आ रहा हु, टाइगर ३’ २०२३ को दिवालीमा । वाईआरएफ ५० सँग टाइगर–३, नजिकैको ठूलो पर्दामा मात्र मनाउनुहोस् । हिन्दी, तमिल र तेलुगुमा रिलिज हुँदैछ ।’ पोस्टरमा सलमान र कट्रिना दुवैलाई बन्दुक बोकेको ड्यासिङ अवतारमा देख्न सकिन्छ । यो पोस्टर हेर्दा ‘टाइगर’ को पहिलो दुई किस्ताभन्दा ‘टाइगर ३’ ठूलो र भव्य फ्रेन्चाइज हुने पक्का छ ।

फ्रेन्चाइजीको पहिलो फिल्म ‘एक था टाइगर’ ले २०१२ मा बक्स अफिसमा हलचल मचाएको थियो । टाइगर फिल्ममा सलमानले रअ एजेन्ट र कट्रिनाले आईएसआई एजेन्ट जोयाको भूमिका निर्वाह गरेकी थिइन् । सलमान र कट्रिनाको केमेस्ट्रीले सिल्वर स्क्रिनमा आगो लगाएको थियो। यसपछि सलमान र कट्रिनाले सन् २०१७ मा ‘टाइगर जिन्दा है’ नामको फिल्मको सिक्वेलबाट कमब्याक गरेका थिए ।

यो फिल्मले बक्स अफिसका सबै रेकर्ड तोडेको थियो । स्मरण रहोस, टाइगर–३ लोकप्रिय वाईआरएफ स्पाई युनिभर्स को पाँचौं फिल्म हो । र, छ वर्षपछि सलमान र कट्रिना टाइगर र जोयाको रूपमा कमब्याक गर्दैछन्। अब आगामी फिल्मले विगतका फिल्मको कीर्तिमान तोड्छ कि गर्दैन त्यो हेर्नु चासोको विषय हो ।