कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको लालझाडी गाउँपालिका–५ देउवाटोलका नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन जादा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो ।













प्रतिक्रिया दिनुहोस्