काठमाडौं, भदौ १७ । रसुवामा एक किलो सुन सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपाल आउने क्रममा सुन सहित ती महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेमु तामाङ गुरुङ रहेको रसुवा प्रहरीले जनाएको छ ।
मितेरी पुलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त जाँच टोलीले नियमित चेकजाँचको क्रममा ती महिला सुन सहित पक्राउ परेकी हुन् । ती महिलाले लुकाएर चार टुक्रा सुन ल्याएको अवस्थामा फेला परेको हो ।
बरामद गरिएको सुन सहित नियन्त्रणमा लिएकी महिलामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्