जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १७:५१

खराब मौषमका कारण चिनियाँ विदेशमन्त्रीको विमान आकाशमै होल्ड


काठमाडौं, भदौं २२

नेपाल भ्रमणमा आउन लाग्नु भएका चिनियाँ विदेशमन्त्री वाङ यी चढेको विमान खराब मौषमका कारण आकाशमै होल्ड भएको छ । साढे पाँच बजे नेपाली आकाशमा छिरेको सो विमान अहिले पनि केही चक्कर लगाएर आकाशै होल्ड भएको हो ।

काठमाडौंमा आज दिउसोदेखी वर्षा भईरहेको छ । अहिले मुसलधारे पानी परेका कारण मौषममा सुधार हुने वित्तिकै विमान ल्याण्ड गर्ने विमानस्थल स्रोतले जानकारी दिएको छ । यसैगरी भैरहवाबाट आएको बुद्ध एयरलाई पनि आकाशमै होल्ड गरिएको छ ।