जनता टाइम्स

२० भाद्र २०८०, बुधबार ११:४५

भक्तपुरको कटुञ्जे वडा कार्यालयमा झडप, जनप्रतिनिधिहित तीनजना पक्राउ


भक्तपुर, २० भदौ । भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा वडामा झडप भएको छ । वडाका जनप्रतिनिधिहरु र सेवाग्राहीवीच झडप भएको हो । झडपमा परेर दुई जना घाइते भएका छन् । नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन् ।

उनीहरुको उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । झैझगडा घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको छ । सुनिल थापा र सुदीप थापालाई पक्राउ गरी प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा वडा सदस्यसमेत संलग्न भएकोले उनलाईसमेत कार्यालयमा बोलाई बयान लिएको प्रहरीले जनाएको छ । तर, उनको नाम भने खुलाइएको छैन । जग्गासम्वन्धी विवादमा झैझगडा भएको प्रहरीले जनाएको छ ।