जनता टाइम्स

२२ भाद्र २०८०, शुक्रबार १८:१३

धनगढीमा डेंगु संक्रमणबाट बालिकाको मृत्यु


धनगढी, २२ भदौ । कैलालीको धनगढीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगु संक्रमणबाट ज्यान गएको हो ।

केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको हो ।