जनता टाइम्स

२६ भाद्र २०८०, मंगलवार १४:०९

नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै बीपी साहित्य महोत्सव स्थगित


काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष, एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ । आज बिहान नेम्वाङको हृदयघातका कारण निधन भएको थियो ।

आज दिउँसो नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । गत आइतबारदेखि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बीपी साहित्य महोत्सव जारी थियो ।