जनता टाइम्स

२७ भाद्र २०८०, बुधबार १५:०९

यस्तो रह्यो उत्तर कोरियाली नेता किम जोन उन र रुसी राष्ट्रपती पुटिनबीचको भेटबार्ता


काठमाडौं, भदौ २७ । रूस भ्रमणमा रहनुभएका उत्तर कोरियाली नेता किम जोन उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेको तस्वीर बुधबार सार्वजनिक भएको छ ।

सन् २०१६ मा रुसले बनाएको अन्तरिक्ष केन्द्र बास्तोचनी कोस्मोड्रोममा उनीहरुले भेटवार्ता गर्नुभएको हो । पुटिनले उनलाई अन्तरिक्ष केन्द्रको अवलोकन भ्रमण गराएको तस्वीरमा देख्न सकिन्छ । आफ्नो भूउपग्रह निर्माणमा लागेको उत्तर कोरियाका नेता उनले चासो पूर्वक केन्द्रको अवलोकन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अन्तरिक्ष केन्द्रमा नै आफूहरुको भेटघाट हुनुको कारण खोतल्दै पुटिनले भन्नुभएको छ, ‘किम जोन उनलाई रकेट इन्जिनियरिङका बारेमा रुची रहेकाले हामीले यहाँ भेटवार्ता गरेका हौं ।’

आफ्ना देशका वरिष्ठ अधिकारीहरुसहित भेटवार्तामा बसेका दुई नेताले एक अर्काले गरिरहेका काम कारबाहीको समर्थन गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ । उत्तर कोरियाली नेता किम विशेष रेल चढेर रुस पुग्नुभएको हो ।