बैतडी, २७ भदौ । बैतडीका सुरेन्द्र साउँदको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँड घर भएका अन्दाजी २८ वर्षीय सुरेन्द्र साउँदको मंगलवार निधन भएको उहाँका आफन्तसमेत रहनुभएको नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताउनुभयो ।
गएको चाररपाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहनुभएको साउँदको हृदयघातका कारण निधन भएको चाडले बताउनुभयो ।
परिवारसहित दिल्लीमा बस्दै आएका साउँदको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ । मंगलबार एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । मृतक साउँदका एक छोरी र श्रीमती रहेका छन् । उहाँहरू पनि दिल्लीमै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्