काठमाडौं, २९ भदौ । भक्तपुरको सूर्य विनायक नगरपालिका–१० चित्तापोलस्थित झोलुंगे पुल तलको भित्री सडक खण्डमा एक पुरुषको शव फेला परेको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-३ घर भई हाल काभ्रेपको बनेपा-१३ नयाँ बस्ती साँगा बस्ने २३ वर्षीय सैलेश भारतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
पुलमा १ जोर जुत्ता, एउटा मोजा र मृतक नजिक अर्को एउटा मोजा फेला परेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्