जनता टाइम्स

२९ भाद्र २०८०, शुक्रबार १८:५२

बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार


बझाङ, २९ भदौ । बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार भएको छ । मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलकी दुई बालिकामाथि करणी गरेर सोही ठाउँका तीन किशोर फरार भएका छन् । करणीमा परेकी दुबै नाबालिका हुन् । करणी गर्ने किशोरहरू पनि नाबालक भएको प्रारम्भकि अनुसन्धानबाट खुलेकोले नाम नखुलाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरेर बालिकालाई घर पठाइएको छ भने करणी गर्ने किशोरको खोजिकार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

पीडित बालिकाका आफन्तले यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई एक विद्यालयको हातामा बोलाई कक्षा कोठामा जबरजस्तीकरणी गरेको बताएका छन् । दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरूको आरोप छ । पीडित बालिकाका आफन्तले प्रहरीले आरोपितहरूलाई खोज्न तदारुकता नदेखाएको आरोपसमेत लगाएका छन् ।