बैतडी, ३० भदौ । बैतडीमा एक बालिका आज मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिवार दिउंसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता खत्रीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्