जनता टाइम्स

३१ भाद्र २०८०, आईतवार १८:२९

साइकलबाट लडेर कैलालीमा एक पुरुषको मृत्यु


धनगढी, ३१ भदौ । कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नालामा खस्दा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिका–४ गिदिनियामा साइकलबाट लडेर गम्भीर घाइते हुनुभएको उहाँको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।