सुर्खेत, १ असोज । आफैले बनाएको ऐन, विधि र नियमावलीलाई मिच्दै कर्णाली सरकारले कर्मचारीलाई आतंकित पार्ने काम सुरु गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थीक मामला तथा योजना मन्त्रालयले एकमुष्ट ७५ जना कर्मचारीको एकैपटक सरुवा गरेर आफैले बनाएको मापदण्डलाई आफैले कुचेको हो ।
प्रदेश सरकारको आर्थिक मामला तथा योजना मन्त्रालयले (हिजो) ३१ भदौमा मन्मीस्तरीय निर्णय गरेर ७५ जना लेखा कर्मचारीलाई मापदण्ड विपरीत सरुवा गरिएको हो । कर्मचारीको व्यवस्थापनसम्वन्धि मापदण्ड २०७९ को दफा ५ मा सरुवा, पदस्थापन र कामकाजमा खटाउँदा प्रदेशको विभिन्न भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी कार्यबोझ, कार्य प्रकृति एवं कर्मचारीहरुको अवधि पूरा भएका कर्मचारीलाई चक्रिय प्रणालीमा सरुवा गर्नेगरी अनुसूचीमा समेत व्यवस्था गरिएको छ ।
सरुवा गर्दा कर्मचारीमा पनि फाटो ल्याउने गरी काखा र पाखाको व्यवहार देखाइएको पीडित कर्मचारीहरू बताउनुहुन्छ । ४–५ बर्ष एउटै कार्यालयमा बसिरहेका कर्मचारीहरुको सरुवा नगरेको, अवधि नपुगेको कर्मचारीको सरुवा गरेको, सुगमबाट सुगमकै अर्को कार्यालयमा सरुवा गरिएको, सरुवा मापदण्डको खण्ड क का कार्यालयबाट क मा नै सरुवा गरेको जस्ता मनलाग्दी गरेर कर्मचारी आतंकित पार्ने काम गरिएको पीडित कर्मचारीको गुनासो छ । यो सरुवामा मन्त्रीले व्यापक आर्थिक चलखेल गरेको पीडित कर्मचारीको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्