जनता टाइम्स

२ आश्विन २०८०, मंगलवार १२:४६

चेक डिपोजिटदेखि नगद भुक्तानीसम्मको सुबिधासहित एनएमबि बैंकको डिजी स्टेशन सञ्चालनमा


काठमाडौं, असोज २ । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्धन गर्ने उदेश्यले अत्याधुनिक “डिजिस्टेशन“ को सुरुवात गरेको छ ।

“डिजि स्टेशन“ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेकस्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, रस्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानवीय सहायता बिना गर्न सकिनेछ ।

“डिजि स्टेशन“ को सुरुवात लेग्राहकहरुलाई बैंकले प्रदान गर्नेबैंकिङ सेवा, सुविधामा बृद्धि हुने विश्वास बैंकले लिएको छ । एनएमबि बैंक आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ ।

बैंकले प्रथम चरणको डिजिस्टेशनको शुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४वटा मेसिन जडान गरी संचालन गरिएको सो बैंकले जनाएको छ । क्यास डिपोजिट मेसिनमा ग्राहकले रू १ लाखभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ । साथै, चेक डिपोजिट मेसिनमा ग्राहकवर्गले चेकस्टप देखिन या चेकको आवेदन र क्लियारिंग चेकसमेत डिपोजिट गर्ने सुविधा रेहको छ ।

आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजिस्टेशनमा एटीएम मेसिनको सुविधा हुँदा ग्राहकवर्गका अधिकांश बैंकिङ अवश्यकताहरु स्वचालित ढंगले छिटोछरितो माध्यमबाट हुने सुविधा एनएमबि बैंकले ल्याएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।