जनता टाइम्स

२ आश्विन २०८०, मंगलवार १३:१३

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


भक्तपुर, २ भदौ । भक्तपुर नगरपालिका–७ इनाचो बस्ने हर्क रत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने भारत पश्विम बंगाल कोलकोता घर भएका २८ वर्षीय देव परमणीसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ७ सय ४५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।