जनता टाइम्स

३ आश्विन २०८०, बुधबार १७:४१

कैलालीमा एक जनामाथि खुकुरी प्रहार


धनगढी, ३ असोज । कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एक जनामाथि खुकुरी प्रहार भएको छ । बर्दगोरिया गाउँपालिका–२ का ४७ वर्षीय रुपबहादुर सुनारमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट उहाँ घाइते हुनुभएको छ । लेनदेनबारे विवाद हुँदा आज बिहान वडा नम्बर ५ वस्ने ३२ वर्षीय बसन्त साउदले उहाँमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

साउदले सुनारको घरमै गएर झगडा गरेको प्रहरीले जनाएको छ । आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घाइते सुनारलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ ।