जनता टाइम्स

३ आश्विन २०८०, बुधबार १८:००

एक महिना पुग्न लाग्यो बेपत्ता शिक्षकको पत्ता लागेन


बैतडी, ३ साउन । डिलासैनी गाउँपालिका–२ गोगनीका ५२ वर्षीय शिक्षक जयबहादुर गडाल बेपत्ता भएको २८ दिन वितेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार गडाल भदौ ५ गते बेपत्ता हुनुभएको थियो ।

उहाँ सोही गाउँपालिकाको लटिनाथ आधारभूत विद्यालयका शिक्षक हो । भदौ ५ गते स्कुलबाट निस्किएका गडाल घर नपुगेपछि ६ गते साँझ परिवारले प्रहरीमा निवेदन दिए पनि उहाँको अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

परिवारले निवेदन दिएपछि प्रहरीले खोजी गरेको हो । खोजी गर्नेक्रममा प्रहरीले गन्नागाड (खोला) झर्नेबाटोबाट छाता, टोपी, मोबाइल, चप्पल भेटाएको जनाएको छ । उहाँको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।