जनता टाइम्स

४ आश्विन २०८०, बिहीबार १७:१२

‘एनएमबि बुद्ध भिजा डेविड कार्ड’ शुभारम्भ, के–के छ सुविधा ?


काठमाडौं, ४ असोज । एनएमबि बैंक लिमिटेडले एनएमबि बुद्ध भिजा डेविड कार्डको शुभारम्भ गरेका छ । आज राजधानीमा एक कार्यक्रम गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसी र बुद्ध एयरका अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले उक्त कार्डको शुभारम्भ गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै सीइओ केसीले नेपालमा पर्यटन विकासमा बुद्ध एयरको योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘बुद्ध एयरलाई नेपाली जनताहरुले पनि विश्वास गर्नुभएको छ । यस एयरले केही गर्न सक्छ भन्ने उदाहरण आफै स्थापित गरेको छ । पहिलो पटक बैंकले बुद्ध सहकार्य गर्ने मौका पायौं । अब केही समस्याले प्लेन छुट्यो भने टिकट फ्रि अफ कस्टमा क्यान्सिल हुन्छ । अझ एनएमबीका कार्ड होल्डरले ५ केजी एक्ट्रा सामान बोक्न पनि सक्छन् ।’

यता बुद्ध एयरका अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले एनएमबी बैंकसँगको सहकार्य २६ वर्षअघिदेखि रहेको भन्दै अबको यस सहकार्यले अझ मजबुत बनाउने बताउनुभयो । उहाँले एनएमबि बैंकसँग आगामी दिनमा थप सहकार्य गर्दै जाने बताउनुभयो । चिनबाट नेपालमा पैसा ट्रान्सफर गर्न वीच्याटको पनि सुविधा रहेको छ उहाँले सुनाउनुभयो ।