डोटी, असोज ५ । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । डोटीको दिपायल राजपुरमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले अरुण कुँवरलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ ।
६६ सदस्सीय प्रदेश कमिटीको उपाध्यक्ष बमबहादुर शाही सर्वसम्मत हुनुभएको छ । त्यस्तै सचिव र कोषाध्यक्षमा प्रकाश खड्का र खगेन्द्र नाथ चुनिनु भएको छ ।
प्रदेश कमिटीको सहसचिवमा दीपेन्द्र खड्का र रामबहादुर रोकाया चुनिनु भएको छ । दुई दिनसम्म चलेको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनको उद्घाटन नेकपा एमाले पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बस्नेतले युवा संघका नेता कार्यकर्तालाई इमानदारिताका साथ काम गर्न आग्रह गर्नुभयो । राष्ट्रिय युवा संघ नेपालको काँधमा ऐतिहासिक दायित्व रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्