जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १२:२२

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुको अर्थ सार्वभौम नेपालीको अभिव्यक्ति हो, विवादको अर्थ छैन : योगेश भट्टराई


काठमाडौं, बैशाख २१

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभा सदस्य सांसद योगेश भट्टराईले राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ब्यक्त ‘मेरो सरकार’ को बिषयमा बिवाद गर्नुको कुनै औचित्य नरहेको बताउनु भएको छ । नेता भट्टराईले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुको अर्थ सार्वभौम नेपालीको अभिव्यक्ति भएको यथार्थ बुझ्न पनि सवैलाई सुझाव दिनुभएको छ ।

‘राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रपति संस्थाको नभई सार्वभौम नेपालीको हो, यस्मा बिवादको कुनै अर्थ छैन,’ भट्टराईले भन्नुभयो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेको बिषयमा केही बुद्धिजिवीहरुले आलोचना गरेका थिए । सोही विषयलाइ लिएर चर्चा भइरहँदा भट्टराईले राष्ट्रपतिको संबोधानको बिषयमा गलत अर्थ लगाउन नहुने बताउनु भयो ।

‘सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्नुहुन्छ । प्रधानमन्त्रीको सरकार भन्ने अर्थ हो । शब्दको पछाडि लागेर राष्ट्रपतिजस्तो सम्माननीय संस्थालाई अनावश्यक विवादमा ल्याउनुहुन्न । शाब्दिक कुरामा अल्झिएर नीति तथा कार्यक्रमलाई ओझेलमा पार्नुहुन्न,’ भट्टराईको भनाई छ ।