जनता टाइम्स

८ आश्विन २०८०, सोमबार १८:२१

प्रवासी नेपाली मञ्चको प्रथम बिस्तारित बैठक सम्पन्न, यस्तो छ निर्णय


काठमाडौं, असोज ८ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले आफ्नो पहिलो विस्तारित बैठक २०२३ सेप्टेम्बर २४ मा सम्पन्न गरेको छ ।

अनलाइन जुमएप मार्फत भएको बैठकको अध्यक्षता अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गर्नुभएको थियो भने एमाले स्थायी कमिटी सदस्य एवं प्रवासी नेपाली मञ्चका इञ्चार्ज डा. राजन भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीका अध्यक्षहरूलाई समेटेर गरिएको विस्तारित बैठकमा राष्ट्रिय कमिटीका अध्यक्षहरूले आआफ्ना साङ्गाठनिक प्रतिवेदन प्रस्तुत गरेका छन । विस्तारित बैठकमा बोल्दै अध्यक्ष थापाले मञ्चले प्रेषित गरेको अपानी कार्यान्वयन गर्न निर्देशनसहित उपस्थित सबै लाई स्वागत गर्नुभएको प्रचार बिभाग प्रमुखसमेत रहनुभएका उपसचिव चानक पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा अन्तराष्ट्रिय मञ्चको आर्थिक प्रतिवेदन आर्थिक विभागका प्रमुख सुरेन्द्र थपलियाले बेलायतबाट प्रस्तुत गर्नुभएको थियो । यसैगरी गैर आवासीय नेपाली संघको प्रतिवेदन तथा निर्वाचन सम्बन्धमा शिव बरुवालले प्रतिवेदन पेश गर्नुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले मञ्चको संगाठनिक प्रतिवेदन पेश गर्दै सदस्यता नविकरणको सम्बन्धमा जोड दिन सम्पूर्ण अध्यक्षहरूमा निर्देशन दिनुभयो ।

बिस्तारित बैठकमा प्रवाशी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सम्पुर्ण पधाधिकारी, सल्लाहकार परिषद तथा विभिन्न देशका इञ्चार्ज तथा क्षेत्रीय इञ्चार्ज र विभिन्न बिभागका सम्योजक तथा सदस्य र ३६ देशका राष्ट्रिय कमिटीका अध्यक्ष तथा पदाहिकारी र सल्लाहकार परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकमा करिब ५० देशको उपस्थिति रहेको थियो ।