जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार १०:१९

दशैको बुकिङ नखोल्दै सकियो वायुसेवा निगमका टिकट


काठमाडौं, भदौ २५

दशैंका लागि वायुसेवा कम्पनीले जारी गर्ने टिकट बुकिङ नखोल्दै सकिएको छ । दशैंको फूलपातीदेखि टिकासम्मका लागि सस्तो टिकट बुकिङ बिक्रि भईसकेको छ भने केही गन्तब्यमा महँगो टिकट समेत सकिएका छन् ।

वायुसेवा कम्पनीले अग्रिम टिकट नखुलाउँदै बुकिङ सकिएपछि केही यात्रु मारमा परेका छन् । प्रविधिका कारण एक महिना अघिनै टिकट सकिएको विमान कम्पनीहरुले जानकारी दिएका छन् । विभिन्न पेमेन्ट गेटवे र हवाई कम्पनीको अनलाइनमार्फत बुकिङ गर्ने सुविधाका कारण एक महिना अघिनै टिकट सकिएको उनिहरुको भनाई छ ।

केही वर्षअघिसम्म दशैंका लागि वायुसेवा कम्पनीले सस्तो टिकट बुकिङ अग्रिम रुपमा खोल्थे । तर, मोबाइलमार्फत टिकट बुकिङ हुन थालेपछि यो समस्या आएको उनिहरुको दावी छ ।