जनता टाइम्स

१० आश्विन २०८०, बुधबार १८:२२

संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा


काठमाडौं, १० असोज । संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले पदबाट राजीनामा दिनुभएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा पत्र बुझाउनुभएको छ ।

आफू प्रतिनिधिसभाको सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारणले सभापतिबाट राजीनामा दिएको उहाँले उल्लेख गर्नुभएको छ ।