जनता टाइम्स

१० आश्विन २०८०, बुधबार १९:३९

करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु


कञ्चनपुर, १० असोज । करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । दोधारा–चाँदनी नगरपालिका–५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्ने बैतडीको मेलौली नगरपालिका–१ का ४१ वर्षीय लक्ष्मण दयालको करेण्ट लागेर मृत्यु भएको हो ।

आज दिउँसो सो कम्पनी नजिकै रहेको मलरिया खोलाको पानीमा करेण्ट लगाएर माछा मार्ने क्रममा करेण्ट लागेर घाइते भएका दयालको दोधारा–चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।